एजेन्सी । उत्तर–पूर्वी स्पेनमा एक आवासीय भवनमा आगलागी हुँदा करिब पाँच जनाको मृत्यु भएको छ ।
अन्य चार जना सामान्य घाइते भएका हुन् । क्याटालान क्षेत्रीय वारुण यन्त्र सेवाले जारी गरेको विज्ञप्तिमा बार्सिलोना प्रान्तको मान्लेउ शहरस्थित एक पाँच तले आवासीय भवनमा अचानक आगलागी भएको उल्लेख गरिएकाे छ । अग्निनियन्त्रक टोलीले करिब आधा घण्टामा आगो निभाए पनि भवनको छतमा पाँच जना मृत अवस्थामा फेला परेका थिए । अन्य चार जनालाई सामान्य चोट लागेको छ ।
स्थानीय गस्ती टोलीको सहयोगमा प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेको हाे । अधिकारीहरूका अनुसार हाल मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको जनाइएकाे छ ।






प्रतिक्रिया दिनुहोस्