Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


‘लोकप्रियताले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौं’: कांग्रेस नेता तिमल्सिना


130
Shares

काठमाडाैं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं -४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियताले देश नबन्ने दावी गर्नुभएको छ ।

काठमाडौंमा बुधबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। उहाँले आफूहरु स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताउनुभयाे । उहाँले कांग्रेसले युवाहरुलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको जिकिर गर्नुभएकाे छ। नेता तिमल्सिनाले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा जस्ता नेताहरुको विचार र कांग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताउनुभयो । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उहाँले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरु डराउनु नहुने बताउनुभएकाे छ ।

काठमाडौं-४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै नेता तिमल्सिनाले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने समेत दावी गर्नुभयाे ।