Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला पक्राउ


1.9k
Shares

काठमाडौं ।
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई मंगलबार दिउँसो काठमाडौंको टेबहालबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सो पार्टीले निर्वाचन बहिष्कारको घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएपछि बाँस्तोलालाई पक्राउ गरिएको हो। पार्टीका अन्य केही नेताहरू पनि निगरानीमा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

निगरानी रहेका हरुमध्ये सैन्य रणनीतिकार उदयबहादुर चलाउने दिपक बौद्धिक छबि भएका लेखक एवम् बुद्धिजीवी गुणराज लोहनी र राजनीतिक रणनीतिकार नरेन्द्रलाई उच्च निगरानीमा राखी खोजितलासी गरेको प्रहरीले जनाएकाे छ ।