Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


इलाममा पुरानैबीच टक्कर (भिडियाे रिर्पोट)


78
Shares

प्रकाश नेपाल, काठमाडाैं ।

पूर्वी पहाडी जिल्ला इलामलाई पनि यति बेला निर्वाचनले छोपेको छ । इलामको क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको २२ महिनापछि हुन लागेको फागुन २१ गतेको निर्वाचन इलाममा पनि नयाँ र पुराना शक्तिहरुबीचको खिचातानी हुने आँकलन गरिएको छ ।

२०८१ बैशाक १५ गते इलामको क्षेत्र नम्बर २ मा भएकोे उपनिर्वाचनमा विजयी भएका युवा नेता सुहाङ नेम्बाङ्गलाई नै एमालेले उमेदवार बनाएको छ भने नेपाली कांग्रेसका भेषराज आचार्य प्रतिष्पर्धामा छन् । यस क्षेत्रमा यस पटक पनि नयाँ शक्तिहरुको प्रभाव अझैसम्म प्रभावशाली नबनेकाले आचार्य र नेम्वाङबीच नै टक्कर हुने अनुमान गरिएको छ ।

सुहाङ नेम्वाङ पूर्व सभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा हुन जोसंग बाबुदेखिको विरासतको राजनीति जोडिएको छ । प्रष्ट र मिजासिलो स्वभावका नेम्वाङ यस पटक पनि इलाम २ ले आफूलाई नै प्रतिनिधि चयन गर्ने विश्वासमा छन् ।