कुमार श्रेष्ठ, बाँक । बाँके क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी सुरु भइसकेको छ । उम्मेदवारहरुलाई मतदाताका घर–घरमा पुग्न भ्याइ–नभ्याइ छ । उम्मेदवारहरु मतदाता फकाउन अनेक सपना देखाउन र प्रलोभन दिन पनि पछि परेका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिकाका दुई वटा वडासहित जानकी, खजुरा र बैजनाथ गाउँपालिका समेटिएको बाँकेको क्षेत्र नम्बर ३ मा यसपाली सबै नयाँ अनुहार प्रतिस्पर्धामा छन् । एक लाख १७ हजार ३ सय ५४ मतदाता रहेको यस क्षेत्रमा मिश्रित बसोबास रहेको छ । यहाँ स्थानीय र बाहिरी जिल्लाका आगन्तुक उम्मेदवार भन्ने आरोप–प्रत्यारोप पनि चलेको छ ।
२०७९ को चुनावमा यहाँबाट माओवादीसहितको गठबन्धनबाट काँग्रेसका किशोरसिंह राठौर निर्वाचित भएका थिए । २०७० को स्थानीय चुनावमा तीन वटै पालिका एमालेले जितेको थियो भने २०७९ मा काँग्रेस–माओवादी गठबन्धनबाट बैजनाथ र जानकीमा काँग्रेस र खजुरा गाउँपालिकामा माओवादीले जितेको थियो ।
यस पटक यहाँ काँग्रेसबाट अमरसिंह पुन, एमालेबाट सुमन मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार, नेपाली कम्युनिस्ट पार्टीबाट दिपक जीएमलगायत २२ जना उम्मेदवार मैदानमा छन् । कांग्रेसबाट उमेदवार बनेका अम्मरसिंह पुन रोल्पा निवासी हुन । उनले नागरिकका आवश्यकताका बारेमा सरोकार राख्ने र जनताका समस्या समाधानका लागि आफ्नो प्रतिबद्धता रहेको बताउँछन् ।






प्रतिक्रिया दिनुहोस्