काठमाडाैं ।
निर्वाचन नजिकिए पनि शेयर बजारका लगानीकर्ता भने उत्साही देखिएका छैनन् । नेप्से ओरालो लाग्ने क्रम पनि थामिएको छैन ।
उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंक बराबरले ओरालो लागेर २६ सय ४२ मा आएर थामियो । कारोबार पनि साढे ८ अर्ब तलै खुम्चियो ।
व्यापार र सामूहिक लगानी कोष झिनो अंकले सकारात्मक रहे बाहेक बाँकी सबै समूह राताम्मे रहे । वित्त समूह २ प्रतिशत बढीले ओरालो लाग्दा बाँकी पनि अधिकांश समूह १ प्रतिशत हाराहारीले झरे । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ५४ स्टकको २ करोड बढी कित्ता शेयर ८ अर्ब ८ अर्ब ३६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसमध्ये २ सय १४ स्टकको मूल्य घट्दा जम्मा ४२ को बढ्यो । घटेको बजारमा पनि सलपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । यसदिन रिडि पावरको सबैभन्दा उच्च ५३ करोडमाथिको शेयर कारोबार भयो ।






प्रतिक्रिया दिनुहोस्