Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


केही सञ्चार माध्यमले गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गरेः अग्निप्रसाद सापकोटा


52
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैलाएर अवमूल्यन गर्ने काम गरिरहेको जनाएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्र्रसाद सापकोटा सो प्रतिक्रिया दिनुभएको हो । उहाँले पत्रकारिताको न्युनतम मूल्य,मान्यता र निर्वाचन आचारसंहिता विपरितका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति समेत जनाउनुभयो ।

उहाँले त्यस्ता खालको गतिविधि नगर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो । उहाँले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना लगाउनका लागि अनुगमनका कडाई गर्न नेपाल प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराउनु भयो । नेता सापकोटाले भन्नुभयो, ‘निर्वाचन आचारसंहिता उलंघन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । केही सिमित सञ्चार माध्यामहरु पत्रकारिताको न्युनतम मान्यता र निर्वाचन आचारसंहिता विपरित भ्रामक र गलत सूचना फैल्याएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयास निरन्तर गरिरहेको छ ।

यस प्रकारको गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँदछ । हामी सबै सञ्चार माध्यमलाई पत्रकारितको मूल्य,मान्यता तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिताको कडाईका साथ पालना गरिदिन आग्रह गर्दछौँ । यसका साथै नेपाल प्रेस काउन्सिललाई समेत आचारसंहिताको निष्पक्षरुपमा कडाईका साथ अनुगमन गर्न अपिल गर्दछौँ । यतिखेर देश संवेदनशील अवस्थामा छ ।

निर्वाचन विथोल्न चाहने शक्तिहरु अहिले पनि क्रियाशील छन् ।’ नेता सापकोटाले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा विशेष जोड दिन सरकारलाई पनि सचेत गराउनुभयो ।