एजेन्सी । सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग आवद्ध ११ अष्ट्रेलियाली परिवारको स्वदेश फिर्ती प्रक्रिया समन्वयको कमीका कारण अन्तिम समयमा स्थगित भएको छ ।
सोमबार ११ अष्ट्रेलियाली परिवारका ३४ जना सदस्यहरूलाई उत्तरपूर्वी सिरियाको रोज क्याम्पबाट फिर्ता लैजाने योजना बनाइएको थियो । तर सिरियाली अन्तरिम प्रशासनले आवश्यक समन्वय नपुगेको भन्दै उक्त प्रक्रियालाई बीचैमा रोकिदिएको छ । क्याम्प अधिकारी शेखमोस अहमदकाअनुसार परिवारहरूलाई दमास्कस पुग्नु अगावै क्याम्पमै फर्काउन आदेश दिइएको थियो । अधिकारीहरूकाअनुसार दमास्कस प्रशासनसँग समन्वय गरेर नयाँ मिति तय गरिने भएकाे छ ।
रोज क्याम्पकी निर्देशक हाकिमा इब्राहिमले हाल यस क्याम्पमा ४० भन्दा बढी देशका ७ सय ४२ परिवारहरू बसोवास गरिरहेको जानकारी दिनुभयो । सन् २०२६ को यो पहिलो स्वदेश फिर्ती प्रयास थियो । सिरियाली मानवअधिकार पर्यवेक्षककाअनुसार यस्तो स्वदेश फिर्तीका लागि क्याम्प प्रशासन, क्षेत्रीय स्वायत्त प्रशासन, विदेशी सरकारहरू र अमेरिकी नेतृत्वको गठबन्धनबीच कडा सुरक्षा र समन्वय आवश्यक पर्दछ ।






प्रतिक्रिया दिनुहोस्