Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


नेपालमा अब राति पनि काम गर्नुपर्नेमा उपसभापति शर्माकाे जाेड

भौतिक पूर्वाधार निर्माणको काम तीन वटै ८ घण्टाको उपयोग गरेर अघि बढ्ने

130
Shares

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताउनुभएकाे छ।

तनहुँकाे दमौलीमा साेमबार भएको सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले अबको १०/१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताउनुभएकाे हाे। उहाँले पूँजीगत बजेट बितेको ६ महिनामा १६ प्रतिशत भन्दा कम हुनु दुखद अध्याय भएको बताउनुभएकाे छ। उहाँले यस्ताे स्थितिको अन्त्य गर्न कांग्रेसले आवश्यक कानूनी व्यवस्था, संरचनागत सुधार र तीन सिफ्टमा काम गर्ने पद्धति र संस्कृतिको विकास गर्ने पनि दावी गर्नुभयाे ।

भौतिक पूर्वाधार निर्माणको काम तीन वटै ८ घण्टाको उपयोग गरेर अघि बढाउनुपर्नेमा उपसभापति शर्माकाे भनाइ थियाे ।