Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


मध्य सुडानमा ड्रोन आक्रमणमा परी २८ जनाको ज्यान गयाे


182
Shares

एजेन्सी । मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण हुँदा २८ जनाको मृत्यु भएको छ।

सुडानको कोर्डोफान क्षेत्रको सुदूर उत्तरमा रहेको अर्धसैनिक–नियन्त्रित क्षेत्रमा साेही आक्रमण भएको एक अधिकारवादी समूहले जनाएको हाे । जुन हाल सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच तीन वर्ष पुरानो युद्धको सबै भन्दा ठूलो नाका हो । द्वन्द्वमा भएका अत्याचारमाथि निगरानी राख्ने समूह इमर्जेन्सी लयर्सका अनुसार आइतबार उत्तरी कोर्डोफानको सोडारी शहर बाहिर अल–सफिया बजारमा कैयौँ ड्रोन मार्फत आक्रमण गरिएको थियो । तर आक्रमण कसले गर्यो भन्ने भन्ने बारेमा भने अझै पत्ता लागेकाे छैन ।

सुख्खा बन्दगाह पार गर्ने दुर्गम शहर सोडारी, उत्तरी कोर्डोफानको राज्यको राजधानी एल–ओबेदबाट करिब २ सय ३० किलोमिटर (१३२ माइल) उत्तरपश्चिममा छ । जुन आरएसएफले महिनौंदेखि घेर्ने प्रयास गरिरहेको हाे।