Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंका ‘सुपर आठ’ मा प्रवेश

अस्ट्रेलिया भने ८ विकेटले पराजित

429
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई पराजित गर्दै श्रीलंका ‘सुपर आठ’मा प्रवेश गरेको छ ।

श्रीलङ्काको पल्लेकलेमा साेमबार राति भएको खेलमा आयोजक श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेकाे हो ।अस्ट्रेलियाले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर भेटायो । श्रीलंकाका पथुम निसानकाले शतकीय पारी खेलेका थिए । उनले ५२ बलमा अविजित १ सय रन बनाए । त्यस्तै, कुसल मेन्डिसले ५१ रन बनाएका हुन्। अस्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले सबै विकेट गुमाएर १ सय ८१ रन बनायो । अस्ट्रेलियाका ट्राभिस हेडले ५६ र कप्तान मिशेल मार्शले ५४ रन बनाए । श्रीलंकाका दुषण हेमन्थले ३ विकेट लिएका हुन्।

समूह ‘सी’मा श्रीलंका लगातार ३ खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा छ ।