Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


धनगढीका लागि उडेको जहाज अवतरण हुन नसकेपछि काठमाडाैं फिर्ता


793
Shares

काठमाडाैं । काठमाडाैंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि साेमबार राति काठमाडाैंमा नै फिर्ता भएको छ ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडाैं फर्कँदा यात्रु अलपत्र परेका हुन् । एयरलाइन्सका कर्मचारीले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिएका छन् । यो जहाज धनगढीका लागि काठमाडाैंबाट साेमबार राति पौने १० बजे उडेको थियो ।

धनगढी विमानस्थल अवतरणका लागि पटक(पटक प्रयास गर्दासमेत सम्भव नभएपछि साेमबार राति १२ बजे जहाज काठमाडाैं फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० जना यात्रु थिए ।