Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


कास्की जिल्ला अदालतद्वारा रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नलिने आदेश


949
Shares

काठमाडाैं । पोखरास्थित कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो। तर जिल्ला न्यायाधीश नितिश राईको इजलासले सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो।

सर्वोच्च अदालतबाट हुने आदेश प्राप्त भएपछि मात्र थप निर्णय हुने अदालतले जनाएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि यस्तै निर्णय गरिसकेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णयविरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।