Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


ट्रम्पले गाजा क्षेत्र पुननिर्माणमा पाँच अर्ब डलर दिने


91
Shares

काठमाडाैं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नव गठित शान्ति बोर्डले गाजा क्षेत्रमा मानवीय सहयता र पुनर्निर्माणका लागि पाँच अर्ब डलर सहयोग गर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल मार्फते सन् २०२६ फेब्रुअरी – १९, मा शान्ति बोर्डका सदस्यहरूमा सहभागी हुने र सदस्य राष्ट्रहरूले मानवीय प्रयास स्वरुप गाजाको पुनर्निर्माणमा सहयोगको घोषणा गर्ने राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले जनवरी– २२ मा सुरु गर्नुभएको शान्ति बोर्डमा अहिले सम्म २० भन्दा बढी देश सामेल भइसकेका छन् । पछिल्लो समय गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल आइएसएफ र स्थानीय प्रहरीमा हजारौँ कर्मचारी नियुक्त गरिएको ट्रम्पले जानकारी दिदै यो पहल गाजाको भविष्यका लागि निर्णायक बिन्दु हुने उल्लेख गर्नुभएको छ ।

यसअघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाको परियोजनाहरूका लागि एक अर्ब डलर भन्दा बढी रकम दिने वाचा गरेको संचारमाध्यमले जनाएको थियो ।