Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


साताको पहिलो कारोबार दिन घट्यो शेयर बजार


117
Shares

काठमाडाैं । साताको पहिलो कारोबार दिन नै शेयर बजार परिसूचक आज घटेको छ । दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से ८ अंकले घट्दै २६ सय ६२ को विन्दुमा झरेको हो ।

परिसूचकसंगै आज कारोबार रकम पनि खुम्चिएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये वित्त, होटल तथा पर्यटन र उत्पादन बाहेक अरु सवै उपसमूहहरु आज घटेका छन् ।

१६३ वटा कम्पनीको शेयर मूल्य घट्दा ८६ वटाको मात्रै मूल्य बढेको छ । आज भर्खरै आइपीओ सूचिकृत भएका रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक तथा वुद्धभूमि हाइड्रको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर खानीखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ३८ प्रतिशत गुमाएका छन् ।

दिनभरमा ३३५ वटा स्टकको एक रोड ९६ लाख १६ हजार कित्ता शेयर सात अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज रिडी पावरको ६५ करोड ३ लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।