Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


नेपाली सेनाले आफ्नो स्थापना दिवस टुँडिखेलमा भव्य रूपमा मनायाे


91
Shares

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औं वार्षिकोत्सव आइतबार टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजना गरेको विशेष समारोह सैन्य परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको हाे। सोशी समारोहमा सेनाका २ हजार ५ सय २४ जना सैनिकहरुले विशेष कला प्रदर्शनी, मार्चपास, हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्री बढाइँ तथा कवाज प्रस्तुत गरेका थिए ।

त्यसैगरी सैन्य टोलिले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । साथै सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियो । टुँडिखेलमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्की र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो ।