एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावकाबीच मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय गर्नुभएको छ ।
‘यूएसएस जेराल्ड आर फोर्ड’ नामको यो पोत मध्यपूर्वमा रहेका अन्य युद्धपोतहरूसँगै सञ्चालनमा आउने भएको हो। यसले अमेरिकाको केन्द्रीय कमान क्षेत्रमा दुई विमानवाहक समूह रहने भएका छन् । राष्ट्रपति ट्रम्पले यस कदमको उद्देश्य इरानमाथि नयाँ परमाणु सम्झौता गर्न सकारात्मक दबाब सिर्जना गर्नु रहेको बताउनुभयो । यदि इरानसँगको सम्झौता असफल भएमा यो पोत आवश्यक पर्न सक्ने उहाँको भनाइ छ ।
राष्ट्रपति ट्रम्पले इरानमा सत्ता परिवर्तन सबै भन्दा राम्रो विकल्प हुनसक्छ भन्ने सङ्केत पनि गर्नुभएको हो । पछिल्ला केही महिनामा इरानमा देशव्यापी प्रदर्शनहरू भएका छन् । यी परिस्थितिहरूले इरानको आन्तरिक राजनीतिमा केही दबाब सिर्जना गरेको देखिन्छ । अमेरिकी सैन्य विस्तारले इरानमाथि दबाब सिर्जना गरेको भए पनि सम्भावित द्वन्द्वको जोखिम बढेको देखिन्छ ।






प्रतिक्रिया दिनुहोस्