Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


उम्मेदवारकाे क्षमता हेरेर मतदान गर्ने याेजनामा जनता !


0
Shares

बारा । निर्वाचनको मिति नजिकिंदै गर्दा बाराका मतदाताहरुमा चुनावी चर्चा शुरु भएको छ । बाराका मतदाताहरु यस पटक दलका एजेण्डा भन्दा पनि उम्मेदवारको विगत र वर्तमान तथा उम्मेदवारहरुका ब्यक्तिगत क्षमता हेरेर मतदान गर्ने मुडमा देखिएका हुन् ।

बारामा उम्मेदवाहरु यति बेला घरदैलोमा पुगेका छन् । यसअघिका निर्वाचनमा जित्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ राजनीतिक दलहरुका उम्मेदवारहरु पनि यति बेला मतदाता तान्न घरदैलोमा पुगेका हुन् । उम्मेदवारहरूले भौतिक रूपमा मतदातासँग नजिकिनेदेखि सामाजिक सञ्जालमा आफू र आफनो प्रतिबद्धतालाई प्रचार गर्ने गरिरहेका छन् । उम्मेदवारको प्रचारप्रसारसँगै मतदाता यस पटक दल भन्दा पनि उम्मेदबारको ब्यक्तित्ब, क्षमता र आफनो क्षेत्रको बारेमा सदन तथा नीति निर्माण तहमा बलियो भूमिका खेल्न सक्ने उम्मेदवार छान्ने बताउँछन । टेम्पो ब्यवसायी प्रवीण पासा आफ्नो क्षेत्रमा काम गर्न सक्ने सक्षम उम्मेदवार चयन गर्ने विचारमा रहेको बताउँछन् ।

चार वटा निर्वाचन क्षेत्र रहेको बारामा ४ लाख ६५ हजार मतदाता र १ सय १० उम्मेदवार रहेका छन् । विगतमा दलहरुले प्रस्तुत गर्दै आएको एजेन्डा चुनाव केन्द्रित मात्र हुने गरेकोले यसपटक एजेण्डा भन्दा पनि भरपर्दो सक्षम जनभावना बुझने उम्मेदवार आफ्नो रोजाईमा पर्ने भनाई स्थानीय सुनोद ढकालको छ । त्यस्तै, यसपटक चुनिने जनप्रतिनिधि कानून र विधि निर्माता भए पनि भौतिक पूर्वाधार र जनजीविकाका सवाल सम्बोधन नभएकै कारण मतदाताहरु भौतारीदै गरेको अवस्थामा राम्रा उम्मेदवार खोज्न बाध्य बनेको स्थानीय विभु अधिकारीकाे धारणा छ ।

बारामा यस पटकको निर्वाचनमा मतदाताहरुले दलका एजेण्डा भन्दा मतदाताहरुले स्थानीयस्तरका विकास निर्माणको अगुवाई खोजेको देखिन्छ । खेलमैदान, पानी, अस्पताल, बाटो र विद्यालय लगायतको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउने उम्मेदवार मतदाताले रोज्ने सम्भावन देखिन्छ ।