Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने एमालेकाे याेजना


286
Shares

काठमाडौं । नेकपा एमालेले यहि फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

निर्वाचन आयोगले फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिए पनि एमालेले तयारी अभाव भन्दै फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौं फर्केर घोषणापत्रको मस्यौदा अध्ययनमा लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभएकाे छ । उहाँले अध्यक्ष ओलीले अध्ययन सकेर थपघट गर्नुपर्ने विषयहरू समेत समावेश गर्नुपर्ने भएकाले फागुन ३ गते अघि घोषणापत्र सार्वजनिक गर्न कठिन रहेको बताउनुभयाे ।

घोषणापत्र तयार गर्ने काम तीव्र रूपमा भएको तर फागुन ३ भित्रै सार्वजनिक हुने सम्भावना कम रहेकाे कार्यालय सचिव अधिकारीको भनाइ छ । एमालेले चुनावी घोषणापत्र मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको थियो । मस्यौदा कमिटीको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल रहेका छन् ।