Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


नेपालले इटालीलाई दियाे १२४ रनको लक्ष्य


416
Shares

काठमाडाैं ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ।

वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा सीमित भयो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० र दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे। अन्त्यतिर करण केसीले अविजित १८ रन बनाए पनि टोली ठूलो स्कोरतर्फ जान सकेन।

ओपनर कुशल भुर्तेल ५ रनमै आउट हुँदा लोकेश बम ३, गुलशन झा ३ र नन्दन यादव शून्यमै फर्किए। नेपालले अन्तिम ५ ओभरमा ५ विकेट गुमाउँदै २७ रन मात्र जोड्यो।

इटालीका क्रिशान कलुगामागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन मानेन्तीले ९ रन मात्र दिएर २ विकेट लिए। अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १–१ विकेट हात पारे।