Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै


65
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएकाे छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति पाैडेलले सभाको अधिवेशनको अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सभाको १९ औँ अधिवेशन यही माघ ४ गतेदेखि चालु भएको थियो ।