एजेन्सी । स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हड्ताल शुरु गरेका छन् ।
जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक सुधारको माग गर्दै सेवाहरू स्थगित गरेका हुन् । यो हडतालका कारण देशभर रेल सेवा रद्द भएको छ । याेसँगै यात्रुहरूको यात्रा प्रभावित भएको हाे । युनियनका प्रतिनिधिहरूले स्पेनमा हालै भएका रेल दुर्घटनाहरूको श्रृङ्खलाले अग्रपंक्तिका कर्मचारीहरूमा रेल सुरक्षाको अवस्थाकाे बारेमा चिन्ता बढाएको बताएका छन् ।
हडतालको समयमा, स्पेन सरकारले अत्यावश्यक यातायात आवश्यकताहरू सुनिश्चित गर्न न्यूनतम सेवा स्तरहरू तोकेको थियो । यद्यपी केही मार्गहरूमा सेवाहरू संयमित नै रहेका छन् । पछिल्लो जानकारीअनुसार सोही दिन सरकार र युनियनहरूबीच रेल सुरक्षा सुदृढ गर्ने र काम गर्ने अवस्था सुधार गर्ने उपायहरूमा सम्झौता भयो। त्यसपछि हडताल फिर्ता लिइएको थियो ।






प्रतिक्रिया दिनुहोस्