Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


आहा रारा पोखरा गोल्डकप फुटबलमा जावलाखेल युथ क्बल विजयी

एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच आज प्रतिस्पर्धा हुँदै

143
Shares

काठमाडाैं । आहा रारा पोखरा गोल्डकप फुटबलमा जावलाखेल युथ क्बलले विजयी शुरुवात गरेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको खेलमा जावलाखेलले मच्छिन्द्र क्बललाई २–० गोलले पराजित गर्दै विजयी शुरुवात गरेकाे हाे पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुमै जावलाखेलले अग्रता लिएको थियो । ५४औं मिनेटमा जावलाखेलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको हो । प्लेयर अफ दि म्याच घोषित निकालेसले विपक्षी डिफन्डरले क्लियर गर्न नसकेको बललाई पोस्टको दिशा दिएका थिए ।

यसअघि आहारारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विजयी शुरुवात गरेको छ । सहाराले पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–० गोलले पराजित गरेको हो । सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गरेका थिए। उनले निर्धारित ९० मिनेट खेल सकिएपछि थपिएको अतिरिक्त समयमा गोल गर्दै सहारालाई क्वार्टरफाइलनमा प्रवेश गराएका थिए । उद्घाटन खेल पोखरामा पहिलो पटक फर्डलाइटमा खेलाइयो थियो ।

क्वार्टरफाइनलमा सहाराले नेपाल पुलिस क्लबको सामना गर्ने भएकाे छ । बिहीबार एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचकाे खेल दिउँसो ४ बजे हुने भएकाे छ । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी रहेकाे आयाेजकले जनाएकाे हाे ।