Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


प्रतिनिधि सभाकाे निर्वाचन आउन अब २१ दिन बाँकी

निर्वाचन नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री तयार

104
Shares

काठमाडाैं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ ।

आयाेगले लोकतन्त्र, चुनाव, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको जनाएकाे हाे । मतदानको महत्त्व, निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल सम्बन्धी विषय सामग्रीमा समेटिएका छन् । आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको जनाएकाे हाे ।

आयोगका सह-प्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था-व्यक्तिले नागरिक शिक्षा प्रवद्र्धन गर्न सक्ने बताउनुभयाे । आयाेगले शुक्रबारदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने तयारी गरेकाे जनाएकाे छ। निर्वाचन आउन अब २१ दिन मात्रै बाँकी रहेकाे हाे ।