Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


बंगलादेशमा आज ऐतिहासिक संसदीय निर्वाचनकाे मतदान हुँदै


598
Shares

एजेन्सी । बंगलादेशमा नवयुवाकाे आन्दोलनपछि बिहीबार पहिलाे पटक ऐतिहासिक संसदीय निर्वाचनकाे मतदान शुरु भएकाे छ ।

करिब साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि भएकाे यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका लागि निर्णायक मानिएको हाे। मतदान बिहीबार बिहान साढे ७ बजेदेखि शुरू भएकाे छ । मतगणना पनि बिहीबारै रातिदेखि शुरू हुने भएकाे हाे । प्रारम्भिक नतिजा मध्यराततिर आउन सक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । अन्तिम नतिजा भने शुक्रबार बिहानसम्म आईसक्ने समाचार संस्था रोयटर्सले जनाएको हाे ।

यस पटकको चुनावमा ३ सय सिटका लागि २ हजार भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। जसमा करिब ५० राजनीतिक दल सहभागी भएका हुन् । एक निर्वाचन क्षेत्रमा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको छ । करिब १२ करोड ८० लाख मतदाता दर्ता भएका छन् । जसमध्ये ४९ प्रतिशत महिला भए पनि उम्मेदवारमध्ये केवल ८३ जना मात्र महिला रहेका छन् ।

मुख्य प्रतिस्पर्धा पूर्वसहकर्मी दलहरू बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच हुँदैछ । पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित छ । यसले बंगलादेशको क्षेत्रीय कूटनीतिमा परिवर्तन ल्याउने विश्लेषण गरिएको छ । विशेषगरी भारतसँगको सम्बन्ध कमजोर बन्दै जाँदा चीनको प्रभाव बढ्न सक्ने आंकलन गरिएको हाे।

साेही चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन १ लाख भन्दा बढी सेना र बरिब २ लाख प्रहरी परिचालन गरिएको रोयटर्सले जनाएको छ।