Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


बस दुर्घटनामा परी ज्यान गुमाएका आफन्तद्वारा प्रशासन अगाडि प्रर्दशन, प्रहरीद्वारा हवाइ फायर


1.7k
Shares

रामेछाप ।

रामेछापमा यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले क्षतिपूर्ति माग गर्दै बुधबार दिनभर सडक बन्द गरेका छन्। साँझ जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी भएपछि स्थिति तनावपूर्ण बनेको छ।

स्थिति नियन्त्रणका लागि प्रहरीले तीन राउन्ड हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ। प्रशासन कार्यालयभित्र सर्वदलीय बैठक जारी रहे पनि पीडित पक्षको माग सम्बोधन हुन सकेको छैन।

पीडितहरूले यातायात समितिका पदाधिकारी वार्तामा आउनुपर्ने, रोजगारी र बालबालिकाको शिक्षाको जिम्मेवारी, घाइतेको उपचार तथा बेपत्ताको खोजी गर्नुपर्ने माग राखेका छन्। समितिले कानुनअनुसार ५ लाख क्षतिपूर्ति र ३० हजार क्रियाखर्चको प्रस्ताव गरे पनि परिवारले अस्वीकार गरेका छन्।

दुर्घटनामा तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ भने खोजी कार्य जारी छ।

Skip This