Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


क्यानाडाकाे एक विद्यालयभित्रै गोली चल्दा १० जनाको ज्यान गयाे, २५ घाइते


741
Shares

एजेन्सी । क्यानाडाको एक विद्यालयमा मंगलबार गोली चल्दा १० जनाको मृत्यु भएको छ।

ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो।गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र अन्धाधुन्ध गोली चलाएकी थिइन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो। एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

विद्यालय नजिकैको एक भवनमा पनि दुई जना मृत भेटिएका छन्। घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोली काण्डको शिकार बनेको त्यहाँको फ्रहरीले जनाएको हाे। गोलीकाण्डमा परी २५ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको रोयटर्सले जनाएको छ। गोली चलाउने महिला पनि घटनास्थलमा मृत भेटिएको प्रहरीले बताएको छ। प्रत्यक्षदर्शीले बताएको हुलियाअनुसारकै महिला मृत भेटिएको र उनी नै आक्रमणकारी हुन् भनेर प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले ती महिलाले अन्धाधुन्ध गोली चलाएपछि आफैलाई गोली हानेको भनेर बताएको रोयटर्सले जनाएकाे हाे। आक्रमणकारी महिलाको पहिचान खुलिसकेको प्रहरीले बताएको छ। यद्यपि उनको पहिचान खुलाइएको छैन।