काठमाडाैं । प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले नेपाली सेनालाई आगामी चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिन निर्देशन दिनुभएकाे छ।
नेपाली सेनाकाे प्रधान कार्यालय जंगी अड्डामा मंगलबार भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हाँले यस्ताे निर्देशन दिनुभएकाे हाे । उहाँले विगतमा जस्तो सुरक्षा संयन्त्रबीचको समन्वयमा त्रुटि नदोहोर्याउन समेत सेनालाई निर्देशन दिनुभयाे । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाले प्राप्त गरेका जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभएकाे छ।
त्यस्तै,राजनीतिक गतिविधिहरू पनि बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जान गर्न अन्य निकायहरूसँग सहकार्य गर्न पनि फ्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएकाे हाे । जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न अन्य निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न समेत सेनालाई उहाँले निर्देशन दिनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्