Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्यांकर अमेरिकी सेनाकाे नियन्त्रणमा


871
Shares

एजेन्सी । अमेरिकी रक्षा सचिव पिट हेगसेथले अमेरिकी सैन्य बलले क्यारिबियन क्षेत्रबाट पछ्याउँदै भेनेजुएलासँग सम्बन्धित एक तेल ट्याङ्करलाई हिन्द महासागरमा नियन्त्रणमा लिएको बताउनुभएकाे छ।

अमेरिकी सैन्य बलले कुनै अप्रिय घटना बिना तेल ट्याङ्कर नियन्त्रणमा लिएको हो । ट्याङ्करले अमेरिकी निगरानीबाट उम्किने प्रयास गरेको उल्लेख गरिएकाे छ। उक्त ट्याङ्करमाथि भेनेजुएला आउने–जाने प्रतिवन्धित जहाजहरूका लागि तोकिएको अमेरिकी क्वारेन्टाइन उल्लंघन गरेको आरोप लगाइएको हाे । सञ्चार माध्यमका रिपोर्ट अनुसार ७ लाख ब्यारेल भेनेजुएलाको भारी कच्चा तेल बोकेको अक्विला आइआइ जनवरीको शुरुमा भेनेजुएलाको जलक्षेत्रबाट निस्किएको थियो ।

गत जनवरी ३ तारिखमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछि अमेरिकाले भेनेजुएलासँग जोडिएका तेल ट्याङ्करहरूको नाकाबन्दीलाई थप कडा बनाएको छ ।