काठमाडाैं । बजारमा खाना पकाउने ग्याँसको अभाव, खानेतेल, दाल र चामल लगायतको मूल्य बढेको जस्ता समस्या देखिएकाे छ।
साेही समस्या देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्र बनाएको हाे । अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या, अभावको उपभोक्ताबाट गुनासा बढेपछि उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवम् प्रतिष्ठानमा निरन्तर रुपमा संयुक्तः बजार अनुमगन अगाडि बढाएको विभागले जनाएको छ ।
नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा खाना पकाउने ग्याँसको सहज आपूर्ति भएको दावी गरिरहेको भए पनि उपभोक्ताले सहजै ग्याँस पाउन सकेका छैनन् । माग भन्दा कम ग्याँस आपूर्ति हुँदा अभाव भएको विभागको निष्कर्ष छ । तर निगमले खाना पकाउने ग्याँसको अभाव भए सिधै सम्पर्क गर्न आग्रह समेत गरेको छ । निगमले ग्याँसको उपलब्धतामा कुनै समस्या आएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी उजुरी टिपाउन आग्रह गरेकाे हाे । साथै उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्याँसको भण्डारण नगर्न निगमको आग्रह छ ।
निगमले चुनावलाई समेत ध्यानमा राखेर ग्याँसको आयात बढाएको जनाएको हाे । फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । अहिले दैनिक औसत १ सय १० बुलेटमा ग्यास नियमित रूपमा आयात भइरहेको उहाँले बताउनुभएकाे छ ।






प्रतिक्रिया दिनुहोस्