Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


टी-२० विश्वकपमा भारतसँग खेल्ने पाकिस्तानकाे निर्णय


962
Shares

काठमाडाैं । पाकिस्तानले टी-२० विश्वकपको समूह चरणको खेलमा भारतसँग खेल्ने निर्णय गरेको छ ।

यसअघि पाकिस्तान सरकारले भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो । तर त्यसपछि भएका निरन्तरका छलफलबाट साेमबार राति पाकिस्तान सरकार र आईसीसीबाट एकैसाथ खेल्ने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।प्रतियोगिताको व्यावसायिक केन्द्रबिन्दु मानिने यी दुई देशबीचको खेल यहि फेब्रुअरी १५ तारिख अर्थात् आगामी आइतबार कोलम्बोमा हुने भएकाे छ। छलफलबाट भारतमा खेल्न अस्वीकार गरेको कारण टी–-० विश्वकप बहिष्कार गरेको बङ्गगलादेशलाई कारबाही नगर्ने पनि निर्णय भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले यस विषयमा श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेसँग पनि कुरा गर्नुभएको थियो । आईसीसीले पनि वार्ता सफल भएको जनाएकाे हाे । आईसीसी र पीसीबीबीचको वार्ता दुवै पक्षले रचनात्मक व्यवहारको आवश्यकतालाई स्वीकार गर्दै रइमानदारी, तटस्थता र सहयोगका साथ खेलको सर्वोत्तम हितको सेवा गर्ने आफ्नो आकांक्षामा एकताबद्ध, प्रतिबद्ध-उद्देश्यपूर्ण रहेको व्यापक संलग्नताको अंशको रूपमा भएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।