काठमाडाैं । कञ्चनपुरमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो प्राप्त भएपछि अनुगमनलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन टाेलीले जनाएकाे हाे । जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन र अन्य सार्वजनिक गतिविधिमा प्रयोग नगर्न समेत आग्रह गरिएकाे छ।
साेही टाेलीले आचारसंहिताको पालना नगरेमा नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी साेत दिएकाे हाे । आचारसंहिता उल्लङ्घनका गतिविधिमाथि निरन्तर रुपमा निगरानी भइरहेको निर्वाचन आयाेगले पनि जनाएकाे छ ।





प्रतिक्रिया दिनुहोस्