काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह बालेनबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गर्नुभएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताउनुभयो । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दावी गर्नुभयो । नेता सापकोटाले रास्वपा र बालेन पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर गर्नुभएकाे छ। उहाँले घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट पार्नुभयो ।
नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उहाँको विश्लेषण छ । सिन्धुपाल्चोक जिल्लालाई नेकपाको पुरानो र मजबुत किल्ला बताउँदै नेता सापकोटाले २०६४ सालदेखि नै आफूहरू संस्थापन पक्षको रूपमा जनताको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो ।नेता सापकाेटाले नेकपाको जित सुनिश्चित रहेको बताउनुभयो । नेकपाको उम्मेदवारका अगाडि अरु उम्मेदवार ‘स्याल’ भएको उहाँले टिप्पणी गर्नुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्