Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


नेपालमा बढ्दै क्यान्सरका बिरामी


390
Shares

काठमाडौं ।
नेपालमा बर्सेनि २२ हजारभन्दा बढी क्यान्सरका बिरामी थपिने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये १४ हजारभन्दा बढी बिरामीको क्यान्सरकै कारण मृत्यु हुने गरेको छ ।

ग्लोबल क्यान्सर अब्जरभेटरीको पछिल्लो तथ्यांकअनुसार बर्सेनि २२ हजार आठ क्यान्सरका बिरामी थपिने गरेका छन् । तीमध्ये १४ हजार ७०४ जनाको मृत्यु हुने गरेको छ । नयाँ थपिने बिरामीमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको उक्त प्रतिवेदनले देखाएको छ । नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ ।

महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर बढी हुने गरेको तथ्यांकले देखाउँछ । त्यसपछि महिलामा ब्रेस्ट क्यान्सर हुनेको संख्या बढी छ । ब्रेस्ट क्यान्सरपछि पाठेघरको मुखको क्यान्सरपीडितको संख्या बढी रहेको उक्त संस्थाको तथ्यांकमा उल्लेख छ । महिलामा भने सबैभन्दा बढी ब्रेस्ट क्यान्सरको बिरामी बढी पाइएको छ ।

त्यसपछि पाठेघरको मुखको क्यान्सर र फोक्सोको क्यान्सर पाइएको अध्ययनले देखाएको छ । पुरुषमा भने सबैभन्दा बढी फोक्सो, पेटसम्बन्धी र कलेजोसम्बन्धी क्यान्सर बढी रहेको उक्त तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी फोक्सोको क्यान्सरका कारण पुरुषको मृत्युदर अग्रस्थानमा छ । महिलामा भने पाठेघरको मुखको क्यान्सरले बढी पीडितको मृत्यु हुने गरेको तथ्यांक छ ।

भएको रुपमा हेरिने क्यान्सरका बिरामीको उपचार नेपालमै सम्भव रहेको विज्ञहरूले बताएका छन् । सुरुआती चरणमा अस्पतालमा जाँच गराउन सके क्यानसरको उपचार नेपालमा नै सम्भव रहेको उनीहरुको तर्क छ ।