Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


नेपाल टेलिकमले २२औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउँदै


104
Shares

काठमाडाैं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बिहीबारदेखि २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ ।

साेही अवसरमा टेलिकमले बिहीबार विभिन्न कार्यक्रमका साथ २२औँ वार्षिकोत्सव मनाउने भएकाे हाे । २०६० सालदेखि कम्पनीमा परिणत भएको टेलिकम शुरूमा नेपाल दुरसञ्चार संस्थानका रुपमा रहे पनि कम्पनीमा परिणत भएपछि २३औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवमा टेलिकमले ग्राहक, नेपाल सरकार, नियामकीय निकाय, सञ्चालक समिति, शेयरधनी, व्यावसायिक साझेदार, कर्मचारी र शुभेच्छुकहरुमा आभार तथा कृतज्ञता व्यक्त गर्दै शुभकामना दिएको छ ।

टेलिकमले आगामी दिनमा अत्याधुनिक प्राविधिमा आधारित गुणस्तरीय, सुरक्षित तथा विश्वसनीय दुरसञ्चार सेवा प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा थप शसक्त योगदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको हाे ।