Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव

तराई भू-भागमा भने हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

221
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बदल लागेको हो । साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराईका भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यस्तै, बिहीबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएको छ। देशको पहाडी र हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।

त्यस्तै, बिहीबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ । देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने महाशाखाले जनाएको हो ।