Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाकाे समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै


234
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल गर्नुहुने भएकाे छ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद कार्यालयमा बुधबार दिउँसो १ बजे सरोकारवाला पक्षसँग छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको हाे। केही अघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरिरहेका छन्।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बीमा बापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका हुन्।स्वास्थ्य बीमा बोर्डका अनुसार देशैभरी सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेकाे छ।