Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


निर्वाचनमा ३२ अर्ब खर्च हुने प्रधानमन्त्री कार्कीको अनुमान


195
Shares

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको उहाँले बताउनुभएको हो । उहाँले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएता पनि निर्वाचन सम्पन्न गराउने बताउनुभयो । हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने बताउनुभएकाे छ ।उहाँले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

यस पटकको निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने अनुमान रहेको समेत उहाँले बताउनुभएकाे छ । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको समेत बताउनुभयो ।