काठमाडाैं । जेनजी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ ।
नयाँ बानेश्वर संसद भवन अगाडि मंगलबार क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो । जेनजी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको छ । गत भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडि प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । साेही आन्दोलनमा परी दर्जनौ घाइते भएका थिए ।
भदौ २३ गते संसद भवन अगाडि युवाहरुमाथी गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत लगायत देशभरका सार्वजानिक तथा निजी भवनमाथी आगजानी भएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।
सुशासनको मुख्य माग राखेर युवाहरुले आन्दोलन गरे पनि आन्दोलनपछि गठित सरकारले उनीहरुको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।





प्रतिक्रिया दिनुहोस्