काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त हुनुभएकाे छ ।
बैंककाे मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उहाँ यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुभएकाे थियाे । त्यो भन्दा पनि अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुभएकाे थियाे ।
बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो । बैंकर शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे र एनएमबी बैंक लगायतमा काम गरेको अनुभव छ ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गर्नुभएकाे थियाे ।





प्रतिक्रिया दिनुहोस्