काठमाडाैं । आईसीसी टी-२० विश्वकप खेल्न भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार आफ्नो पहिलो अभ्यास खेल यूएईसँग खेल्ने भएकाे छ ।
साेही खेल चेन्नईमा मंगलबार साँझ सवा ५ बजेदेखि शुरु हुने भएकाे हाे । त्यस्तै, नेपालले अर्को अभ्यास खेल भने बिहीबार क्यानाडासँग प्रतिस्पर्धा गर्ने भएकाे छ । विश्वकपका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
यसअघि नेपालले श्रीलंकामा श्रीलङ्क ‘ए’ र भारतमा एमसीए प्रेसिडेन्ट–इलाभेनसँग समान ३ वटा अभ्यास खेल खेलेको थियो । नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्ने भएकाे हाे। नेपाल रहेको समूह ‘सी’मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् ।
नेपालले यहि माघ २५ गते इङ्ल्यान्डसँग पनि खेल्दै विश्वकपको शुरूवात गर्ने भएकाे हाे । टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा शुरू हुने भएकाे छ ।





प्रतिक्रिया दिनुहोस्