Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै

सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँमा काराेबार हुँदै

1.8k
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले साेमबार पनि निरन्तरता पाएको हो। आइतबार प्रतितोला १८ हजार ८ सय रूपैयाँ घटेको सुनको मूल्य सोमबार प्रतितोला १३ हजार ४ सय रूपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे जनाएकाे हाे । आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। चाँदी सोमबार ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारकाे साेमबार चाँदी प्रतितोला ३ सय ५ रूपैयाँ घटेको हो। चाँदी आइतबार तोलामा ५ हजार ५ रूपैयाँमा कारोबार भएको थियाे ।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।