Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


इरानले अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेकाे छ: राष्ट्रपति ट्रम्प


806
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेको बताउनुभएको छ ।

एयर फोर्स वानमा पत्रकारहरूले इरानका बारेमा अन्तिम निर्णय लिइसक्नुभएको हो भन्ने प्रश्नमा उहाँले निश्चित रूपमा त्यो भन्न नसक्ने जवाफ दिनुभएकाे हाे । तर अमेरिकाका धेरै ठूला र शक्तिशाली जहाजहरू त्यस दिशामा अघि बढिरहेको उहाँले जवाफ दिनुभयो । अमेरिका परमाणु हतियार बिनाको एक सन्तोषजनक सम्झौता गर्न तयार रहेको बताउनुभएकाे छ । उहाँले इरानसँग वार्ता गरिरहँदा संयुक्त राज्य अमेरिकाले आफ्ना खाडी सहयोगीहरूसँग सैन्य योजनाहरू साझा गर्न नसक्ने बताउनुभयो ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले गत शुक्रबार तेहरानले विवाद समाधानका लागि निरन्तर संलग्नता र संवादको खोजी गरिरहेको र युद्ध नचाहेको बताउनुभएकाे थियो । उहाँले इरानको दृष्टिकोण मर्यादामा आधारित कूटनीति, अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्रको संलग्नता, आपसी सम्मान र धम्की वा जबरजस्तीबाट टाढा रहने कुरामा आधारित रहेको बताउनुभएकाे छ ।

अमेरिकाले इरानसँगको सम्झौतामा युरेनियम संवद्र्धनमा प्रतिवन्ध, पहिले नै संवद्र्धन गरिएको युरेनियम हटाउने, लामो दूरीका क्षेप्यास्त्रहरूमा सीमा तोक्ने र क्षेत्रीय प्रोक्सीहरूलाई दिइने समर्थन फिर्ता लिनुपर्ने शर्तहरू राखेको छ । जुन सबै शर्तहरू तेहरानले अस्वीकार गरेको हाे।