म्याग्दी ।
म्याग्दीको सदरमुकाम बेनीबाट भारतको नयाँ दिल्ली सम्म सिधा यातयात सुरु हुने भएको छ ।
म्याग्दी, मुस्ताङ, बागलुङ्ग र पर्वतका पर्यटकीय तथा धार्मिकस्थललाई भारतसँग जोड्ने उद्देश्यले माघ २१ देखि सिधा बस सेवा सञ्चालन गर्न लागिएको हो ।
मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले पत्रकार सम्मेलन गरि म्याग्दीबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या हुदै नयाँ दिल्लीसम्मको सिधा बस सेवा सुरु गर्न लागेको जानकारी दिएका छन् । म्याग्दी गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले उल्लेख गर्नुभयो ।
यस बाहेक पोखरा, पर्वत र बागलुङमा पनि यात्रु र पर्यटकलाई यो सेवाले फाइदा पुग्नेछ । मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बार्षिक १ लाखभन्दा बढी भारतीय तीर्थयात्रीहरु दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट भारत जान यसअघि पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।





प्रतिक्रिया दिनुहोस्