Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घट्याे

सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार हुँदै

2.4k
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

शुक्रबार प्रतितोला २० हजार ५ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १८ हजार ८ सय रूपैयाँ घटेको हो। शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार भइरहेको जनाएकाे छ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। शुक्रबार तोलामा ७ हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय ६५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ८ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।