Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकियो


117
Shares

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ ।

निर्वाचन आयोगले अहिलेसम्म कूल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको जनाएको हो । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा भइरहेको छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको हो ।

त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ र सुनसरीको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय वटा छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको हो । समानुपातिकतर्फको २ करोड ८ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।