Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिंदै


169
Shares

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आइतबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ ।

पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरू गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आइतबार व्रत समापन गर्न लागेका हुन् । सोही दिनदेखि शुरू गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आइतबारैदेखि अन्त्य गरिँदैछ । आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो।

काठमाडौं उपत्यकाको पूर्वी भेगमा रहेको शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि आइतबार सकिने भएको छ ।