Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


आफ्नै निर्वाचन क्षेत्रमा लखेटिए प्रदीप यादव


0
Shares


वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादव आफ्नै क्षेत्रमा लखेटिएका छन् ।

शनिबार वीरगन्ज–६ नगवामा आयोजना गरिएको एमाले प्रवेश कार्यक्रममा स्थानीय जेनजी पुस्ताका युवाहरूले प्रदीप यादवविरुद्ध नाराबाजी गरेका हुन्। “केही काम नगर्ने झोले नेता मुर्दावाद” जस्ता नारासहित युवाहरू आक्रोशित भएपछि यादवलाई कार्यक्रमस्थलबाट लखेटिएको थियो।

नाराबाजीका कारण केही समय वातावरण तनावपूर्ण बनेको थियो। मन्त्री यादव तथा उनका समर्थकलाई सुरक्षित राख्न स्थानीय प्रहरीलाई निकै कठिनाइ परेको थियो। मधेश आन्दोलनकै लिगेसीबाट प्रदीप यादव नेताका रुपमा स्थापित भएका हुन् ।

मधेस आन्दोलनको रापतापका कारण मधेशवादी दलबाट चुनाव लड्दा यसअघि नेता प्रदिप यादवले नगवाबाट अप्रत्यासित मत पाउन सफल भएका थिए । नगवा कै मतको कारण उनी दुई पटक विजयी भएको अर्थथ्याइयो ।

नगवालाई प्रदीप यादवको आधार क्षेत्र भनेर विश्लेषण गरिन्थ्यो । यादव २०७४ को प्रतिनिधि सभा निर्वाचन पछि एक पटक र २०७४ को निर्वाचन पछि दुई पटक मन्त्री भए । तर, तीन पटक मन्त्री हुँदा पनि क्षेत्रको आपेक्षा अनुसार विकास र प्रतिबद्धता अनुसारको गतिविधि गर्न नसकेको गुनासो गरेका छन् ।