काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गर्नुभएको छ ।
सोही पार्टीको केन्द्रीय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर लैजाने सहमतीबाट भागेर प्रचण्डले सो पार्टी बनाएको आरोप समेत लगाउनुभयो । महासचिव विप्लवले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरुसँग आफूहरुको एकता हुन नसक्ने पनि बताउनुभएकाे छ।
महासचिव विप्लवले निर्वाचनको प्रचार अभियानका क्रममा आफू देश दौडाहामा निस्कने पनि बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्