एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा बनेका सबै विमानको प्रमाणीकरण (सर्टिफिकेसन) खारेज गर्ने घोषणा गर्नुभएकाे छ।
उहाँले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्ताे घाेषणा गर्नुभएकाे हाे । उहाँले ती विमानमा ५० प्रतिशतसम्म अतिरिक्त भन्सार महशुल लगाउने धम्की समेत दिनुभयाे । उहाँले विशेष गरी क्युबेकस्थित बम्बार्डियर कम्पनीले उत्पादन गर्ने ‘ग्लोबल एक्सप्रेस’ व्यवसायिक जेटलाई लक्षित गर्नुभयाे। क्यानाडाले अमेरिकी कम्पनी गल्फस्ट्रिमका विमानहरूलाई प्रमाणीकरण प्रक्रियामार्फत क्यानाडामा बिक्री गर्न नदिएको जनाएकाे छ ।
साेही अवस्था तुरुन्त नसच्याइए अमेरिकामा बिक्री हुने सबै क्यानाडेली विमानमा ५० प्रतिशत कर लगाइने उहाँले चेतावनी दिनुभएकाे हाे । साेही कदम ट्रम्प सत्तामा आए यता अमेरिका-क्यानाडा सम्बन्धमा देखिएको तनावको पछिल्लो कडी हो । यसअघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी अधिकारीहरूसँग अल्बर्टाका पृथकतावादीहरूको भेट भएको समाचारपछि क्यानाडाको सार्वभौमिकताको सम्मान गर्न राष्ट्रपति ट्रम्पसँग आग्रह गर्नुभएकाे थियाे ।
केही दिनअघि ट्रम्पले क्यानाडाले चीनसँग व्यापार सम्झौता गरे एक सय प्रतिशत कर लगाउने धम्की समेत दिनुभएकाे थियाे । राष्ट्रपति ट्रम्पले अहिलेसम्म कुनै पनि सिधै विमानको प्रमाणीकरण खारेज गरेको उदाहरण छैन । विमान सुरक्षा सम्बन्धी निर्णय सामान्यतः सघीय उड्डयन प्रशासनले गर्ने विज्ञहरू बताले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्